इङ्ग्ल्यान्डसँग पाकिस्तान पराजित


१५ आश्विन २०७९, शनिबार
endland azd510h6Dp

काठमाडौँ । घरेलु टोली पाकिस्तानसँगको छैटौं टी–२० क्रिकेटमा इङ्ग्ल्यान्ड ८ विकेटले विजयी भएको छ । लाहोरमा गए राति भएको खेलमा पाहुना टोली इङ्ग्ल्यान्ड विजयी भएसँगै ७ खेलको श्रृङ्खलामा ३–३ को बराबरी भएको छ । पाकिस्तानले दिएको १७० रनको लक्ष्य इङ्ग्ल्यान्डले १४ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टायो ।

इङ्ग्ल्यान्डका फिल साल्टले अविजित ८८ रनको अर्धशतकीय पारी खेले । उनको यो टी–२० आई करिअरकै उत्कृष्ट प्रदर्शन हो । एलेक्स हेल्स २७ रनमा तथा डाविड मालन २६ रनमा आउट भए । बेन डुकेटले अविजित २६ रन जोडे । इङ्ग्ल्यान्डले पहिलो पावर प्ले अर्थात् ६ ओभरमा नै ८२ रन जोडेको थियो ।

पाकिस्तानका शादब खानले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो । पाकिस्तानका कप्तान बाबर आजमले ८७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै इफ्तिखर अहमदले ३१ तथा हैदर अलीले १८ र मोहम्मद नवाजले १२ रन जोडे ।

इङ्ग्ल्यान्डका डेविड विलि र साम करणले २÷२ विकेट लिए । इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको सातौँ तथा निर्णायक खेल भोलि हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७