सल्यानमा जीप दुर्घटना : दुईको मृत्यु, १७ जना घाइते


१५ आश्विन २०७९, शनिबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । त्यस्तै दुर्घटनामा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दामोदर केसीका अनुसार शनिबार बिहान कुमाख गाउँपालिका–६ जिमाली नजिकै दुर्घटनामा परेका हो ।

दुर्घटनामा ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया अनिता भन्ने एनका पुनको मृत्यु भएको उनले जानकारी दिए । डुमकोटबाट धार्मिक पर्यटकीयस्थल खैराबाङ भगवतीको दर्शन गर्न आउँदै गरेका यात्रु बोकेको रा १ ज ७९८ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ । जीपमा १९ जना यात्रु सवार रहेको र घाइतेहरूको विवरण आउन बाँकी रहेको डीएसपी केसीले जनाए ।

यसअघि गत मंगलबार राति कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो । दुर्घटनास्थलमा ८ जना र एक जना घाइतेको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७