दशैंमा झिलिमिली काठमाडौंका बजार {फोटो फिचर}


१५ आश्विन २०७९, शनिबार
pasal 12
दरवारमार्ग ।

काठमाडौं । देशको संघीय राजधानीका सपिङ सेन्टर अहिले रङ्गिन छन् । दशैं, तिहार र छठ पर्वका अवसरमा बजार झिलिमिली बनेको हो । शहरका ठूला सपिङ मलमा चङ्गैचङ्गा टाँगिएको छ । बजार डमी पिङ, लटाइले सझिइएको छ । साँझपख सडकमा घुम्दा दिपावलीको झल्को दिने गरी बजारमा झिलिमिली बत्ती बालिएको छ ।

लगातार चाडपर्व आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरू आफ्नो व्यावसायलाई सजाएका हुन् । दशैं लागेसँगै काठमाडौंका विभिन्न ठाउँका बजार झकिझकाउ देख्न सकिन्छ । काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दशैंका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ ।

उपत्यकाबाट दशैं मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दशैं मनाउनेहरू एकै पटक बजारमा पुग्दा चाप बढेको हो । अर्कातिर यही बेला विदेशबाट दशैँ मनाउन आउनेहरू पनि छन् । उनका अनुसार नियमित रूपमा सञ्चालन भइरहेको सपिङ सेन्टर, कपडा होलसेल पसल तथा विभिन्न रूपमा दशैं पर्वका लागि सजिएका पसललाई केही दिनदेखि चटारो छ । न्युज एजेन्सी नेपाल

pasal 1
pasal 2
pasal 3
pasal 4
pasal 5
pasal 6
pasal 7
pasal 8
pasal 9
pasal 10
pasal 11
विशाल बजार ।
pasal 12 1
दरवारमार्ग ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७