रक्षक गौतमले छोडे आर्मी


१५ आश्विन २०७९, शनिबार
IMG 20221001 110715.jpg

काठमाडौं । रक्षक गौतम श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लब छोडेका छन् । राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका गौतमले आगामी सिजन आर्मीमा नरहने निर्णय लिएका हुन् ।

गत सिजन गौतम पहिलो पटक आर्मीको जर्सिमा ‘ए डिभिजन’ लिग खेलका थिए । त्यस अघि उनी जावलाखेल युथ क्लबमा थिए ।

आर्मीमा अनुबन्ध भएसगै राइट ब्याक गौतमले एएफसी कपको प्रारम्भिक छनोट खेलेका थिए । यद्यपि, आर्मी दोस्रो चरणमा स्थान बनाउन असफल रह्यो । आर्मीमा रहदा गौतमले थुप्रै मोफसल उपाधि जितेका थिए ।

गौतमले व्यक्तिगत कारण आर्मी छोडेको बताएका छन्, ’व्यक्तिगत कारण आर्मी छोडेको हो,’ गौतमले भने,’ भविष्यको बारेमा अहिले केही टुंगो गरेको छैन ।’ ११ असोजमा नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल खेल्दा गौतम घाइते थिए । जसका कारण टोली बाहिर रहे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७