बुर्किना फासोमा अर्को सैन्य ‘कू’


१५ आश्विन २०७९, शनिबार

काठमाडौं । बुर्किना फासोमा एक सैनिक क्याप्टेनले सैन्य नेता लेफ्टिनेन्ट कर्णेल पाउल हेनरी डामिबालाई हटाएको राष्ट्रिय टेलिभिजनबाट घोषणा गरेका छन् ।

इब्राहम ट्राओरेले लेफ्टिनेन्ट कर्णेल डामिबाले इस्लामिक विद्रोहीलाई नियन्त्रण गर्न नसकेका कारण यो निर्णय लिइएको जानकारी दिएका हुन् । उनले अनिश्चितकालका लागि देशको सीमा नाका बन्द गरिएको र सबै खाले राजनीतिक गतिविधिलाई प्रतिबन्ध लगाइएको पनि घोषणा गरे ।

लेफ्टिनेन्ट कर्णेल डामिबाले गत जनवरीमा निर्वाचित सरकारलाई इस्लामिक विद्रोहीलाई नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै सैन्य कू गरेका थिए । तर उनको प्रशासन पनि जिहादी हिंसालाई नियन्त्रण गर्न असफल भएको थियो । गत सोमबार देशको उत्तरी भागमा ११ जना सैनिक मारिएका थिए ।

बुर्किना फासोमा सन् २०१५ मा इस्लामी विद्रोह सुरु भएको थियो । त्यसयता हजारौंको मृत्यु भएको छ भने २० लाख जना घरविहीन बनेका छन् । सन् १९६० मा स्वतन्त्र बनेको यो देशमा हालसम्म ८ वटा सफल कू भइसकेका छन् । –बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७