राजनीतिक परिवर्तन खोस्ने प्रवृत्तिविरुद्ध गठबन्धन : मुख्यमन्त्री पोखरेल


१५ आश्विन २०७९, शनिबार
Krishna chandra nepali

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पाँच दलीय गठबन्धनलाई बलियो बनाएर अघि बढ्न आग्रह गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्रलगायत ५ दलीय गठबन्धन मजबुत भए मात्र व्यवस्था बलियो हुने बताए । उनले टिकट प्राप्त गर्नका लागि राजनीतिक दलभित्रका आकांक्षीबीच रस्साकस्सी हुनु स्वाभाविक भए पनि टिकट वितरण भएपछि भने सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

माओवादी केन्द्र पोखरा महानगरपालिका कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले गठबन्धनका दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन् । ‘राजनीतिक व्यवस्थामा आएको परिवर्तन र मुलुकको परिवर्तन जोगाउन र त्यसलाई खोस्ने प्रवृत्तिविरुद्ध गठबन्धन गरेका हौं,’ उनले भने । मुख्यमन्त्री पोखरेलले टिकटका लागि दलभित्रका नेताहरूबीच विवाद भए पनि टिकट वितरण भएपछि एकताबद्ध हुनुपर्ने बताए ।

टिकट वितरण भएपछि आकांक्षीहरूले अप्ठ्यारो नमानी गठबन्धनलाई जिताउनका लागि लाग्नुपर्ने उनको भनाइ थियो । ‘चितवनमा जस्तै एकताको सन्देश दिनुपर्छ,’ स्थानीय तहमा भरतपुर महानगरपालिकाको उदाहरण दिँदै उनले भने, ‘टिकट पाउने क्रममा प्रतिस्पर्धा हुनु स्वाभाविक हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७