खोटाङमा गुडिरहेको बसमा लाग्यो आगो, यात्रु अलपत्र


१५ आश्विन २०७९, शनिबार
bus aaglagi GrD2ukt8jh

खोटाङ । काठमाडौंबाट खोटाङको दिक्तेल आउँदै गरेको बसमा एक्कासी आगलागी भएको छ । बा ३ ख ८९८१ नम्बरको गुड्दै गरेको बसमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँको कदुवामा शनिबार दिउँसो साढे चार बजे आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायका अनुसार गाडीपको इन्जिनमा समस्या आएपछि कारण आगलागी भएको हो । बसमा आगो लागेपछि आफूहरू निस्किएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका जगशेर राईले बताए । ‘बसमा उभिएर, बसेर खचाखच यात्रु थियौं’, राईले भने, ‘आगो लागेपछि भागभाग भयो ।’ प्रहरीले भने ३७ जना मात्र यात्रु भएको जनाएको छ ।

बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने भएको छैन् । घटनास्थलमा भएका यात्रुहरुका अनुसार बससहित बसमा भएका सामानहरु जलेर नष्ट भएको छ । नेपालीहरुको चाड दशैँमा घर फर्कने यात्रुहरु बसमा आगलागी भएपछि अलपत्र परेका छन् । उनीहरुलाई अर्को गाडी ब्यवस्था गरेर गन्तव्यतर्फ पुर्‍याउन प्रहरीसँग समन्वय भइरहेको घटनास्थलमा रहेका एक स्थानीयले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७