डेंगी संक्रमितको संख्या ३० हजार नाघ्यो, ३९ जनाको मृत्यु


१५ आश्विन २०७९, शनिबार
dengu 2

काठमाडौँ । नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनदेखि आजसम्म नेपालमा ३० हजार १८६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

यो सरकारी अस्पताल र प्रयोगशालामा पुष्टि भएको संख्या हो । यस्तै २४ घण्टामा डेंगीका कारण एक जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३९ जना पुगेको छ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी संक्रमणबाट जोगिनु एक मात्र उपाय हो ।

यसैबीच, पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी एक हजार तीन सय ३२ जनाको नमुना परीक्षण गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ९६ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या नौ सय २५ जनामा झरेको छ । २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७