२०७९ असोज १६ गते आइतबारको तपाईको राशिफल

असोज शुक्ल सप्तमी पञ्चाङ्ग : सौभाग्य गर मूल , फूलपाती / विश्व अहिंसा दिवस


१६ आश्विन २०७९, आईतवार
2562 Shares
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज शुभकार्यको चर्चा चल्ने छ । कुनै कुराले मनमा शान्ति छाउने छ । वशिष्ठ व्यक्तिको साथ पाइनेछ । छोटो दूरीको लाभदायक यात्रा रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । सफल यात्राको योग पनि छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शुभ कार्यमा सरिक भईनेछ । नयाँ बिजनेश प्लान बन्ने छ । आफन्तसँग भेटघाट पनि हुनेछ, तर यातायात वा वाहनमा खर्च भने बढ्ने छ ।

ncll 2

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

jagdamba.cement

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउने छ । दिनको उत्तरार्ध अधिक सुखद् रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । कुनै कुराले मनमा शान्ति छाउला । अचल सम्पत्तिको कारोबार हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोबारमा मन्दी आउने छ । घर व्यवहारमा झमेला रहला, तर साँझमा मन प्रसन्न रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज दैनिक कार्यमा सफलता पाइनेछ । राजनैतिक, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । प्रेम सम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तका बीचमा खटपट, चिन्ता र शंका उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज महिलाहरूबाट विशेष सहयोग मिल्ने छ । परिश्रम गर्दा धनार्जन हुनेछ । मङ्गल र शुभ कार्यमा सरिक भइनेछ । बजारको यात्रा पनि हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ, तर यात्राको क्रममा सचेत रहनु पर्छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७