फुटबल खेलका क्रममा इन्डोनेसियामा हिंसा, १२७ जनाको मृत्यु


१६ आश्विन २०७९, आईतवार
indonesia football jhadap 1024x576 1

जकार्ता । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२७ बढीको ज्यान गएको छ । समाचार एजेन्सी एएफपीले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताएअनुसार खेलका क्रममा भएको हिंसामा करिब १२७ जनाको मृत्यु भएको हो ।

रोयटर्सले इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिँदा १२७ जनाको मृत्यु भएको र १८० जना घाइते भएको जनाएको छ ।
हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए भने भीड नियन्त्रण गर्न अधिकारीहरूले अश्रु ग्यास प्रहार गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७