टोटनह्याममाथि आर्सनलको जित


१६ आश्विन २०७९, आईतवार
arsenal vs

काठमाडौँ । इङलिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले टोटनह्याममाथि ३–१ गोल अन्तरको जित हात पारेको छ ।

शनिबारको खेलमा आर्सनललाई जित दिलाउने क्रममा खेलको २० औं मिनेटमा थोमस पार्टीले शुरुवाती गोल गरेका थिए । तर, खेलको ३१ औं मिनेटमा पेनाल्टीमार्फत टोटनह्यामका ह्यारी केनले बराबरी गोल फर्काए ।
डपहिलो हाफ १/१ को बराबरीमा सकिए पनि खेलको ४९ औं मिनेटमा आर्सनलका लागि गाब्रियल जेसस र ६७ औं मिनेटमा ग्रानिट साकाले १/१ गोल गरे ।

यससँगै लिगको शीर्षस्थानमा रहेको आर्सनलले ८ खेलबाट २१ अंक हात पारेको छ । तेस्रो स्थानमा रहेको टोटनह्यामले समान खेलबाट १७ अंक जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७