प्रचण्डको अपिल : प्रतिगमन विरोधी शक्तिलाई मत दिनुस्


१६ आश्विन २०७९, आईतवार
21 Shares
prachanda 9
फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन् ।

दशैं, तिहार, छठ, नेपाल संवत्, ल्होसार लगायत चाडपर्वहरूको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले प्रतिगमन विरोधी शक्तिलाई मत दिइ संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि अपिल गरेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै उनले देशको भाषा, संस्कृति र सभ्यताहरूको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु सबैको दायित्व भएको बताएका छन् ।

ncll 2

नेपालीहरूको मौलिक विशेषता भनेकै विविधतामा एकता रहेको उनको भनाइ छ । उनले सांस्कृतिक पर्वहरूले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले असत्य माथिको सत्यको विजयका रूपमा मनाइने नेपाली सांस्कृतिक पर्वहरूले सबैमा उत्साह, उमङ्ग र राष्ट्रियताको जगेर्ना गर्ने उत्प्रेरणा पैदा गरोस् भन्दै शुभकामना दिएका छन् ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७