द्वारिकलाल चौधरी माओवादी प्रवेशका लागि काठमाडौं हिंडे


१६ आश्विन २०७९, आईतवार
Dwariklal Chaudhari

इटहरी । इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् ।
नेकपा एमालेका प्रदेश समिति सदस्य समेत रहेका चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको बताएका छन् ।

एमालेबाट सांसदको टिकट पाउने–नपाउने निश्चित नभएपछि उनी माओवादीमा प्रवेश गर्न लागेका हुन् । माओवादी प्रवेशपछि प्रदेश सांसदका लागि टिकट पाउने बुझिएको छ । आइतबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातको टीका लगाएर प्रवेश गर्ने तयारीका लागि आज काठमाडौं गएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७