मेसी र नेइमारको गोलमा पीएसजी विजयी


१६ आश्विन २०७९, आईतवार
Mbappe 11664674293

काठमाडौं । लियोनल मेसी र वैकल्पिक खेलाडी काइलियन एमबाप्पेले गरेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार राति फ्रेन्च लिग वानमा निसमाथि २–१ को विजय हासिल गरेको छ ।

पीएसजीले घरेलु मैदानमा मेसीको गोलबाट २८औं मिनेटमा अग्रता लिएको थियो । मेसीले फ्रीकिकमा सिधै गोल गरेका थिए । लिगमा जारी सिजन मेसीको यो पाँचौँ गोल हो ।

४७ औं मिनेटमा निसका गाइटन लाबोर्डे बराबरी गोल फर्काए । खेल सकिन सात मिनेट बाँकी हुँदा एमबाप्पेले गरेको गोल पीएसजीको जितमा निर्णायक बन्यो । एमबाप्पे ५९औं मिनेटमा ह्युगो इकिटिकेको स्थानमा मैदान छिरेका थिए । जारी सिजन एमबाप्पेको लिगमा यो आठौँ गोल हो । लिगमा धेरै गोल गर्नेमा नेइमारसँगै एमबाप्पे पनि शीर्ष स्थानमा उक्लिएका छन् ।

जितसँगै पीएसजीले ९ खेलबाट २५ अंक जोडेको छ । जुन दोस्रो स्थानको मार्से भन्दा दुई अंकले माथि हो । मार्सेले शुक्रबार राति एन्जर्सलाई ३–० ले हराएको थियो । पराजित निस ८ अंकका साथ १३औं स्थानमा छ । पीएसजीले अब च्याम्पियन्स लिगमा समूह चरणको खेलका लागि बेनफिकाको भ्रमण गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७