मार्लोकालाई हराएर बार्सिलोना शीर्ष स्थानमा


१६ आश्विन २०७९, आईतवार
thumb

म्याड्रिड । रोबर्ट लेवनडोस्कीको एक मात्र निर्णायक गोलको मद्दतले बार्सिलोनाले शनिबार स्पेनी ला लिगामा रियल मार्लोकालाई १–० ले हराएर अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । लिगको सातौं खेलमा लेवनडोस्कीको यो नवौं गोल हो ।

बायर्न म्युनिकबाट बार्सिलोना आएयता उनी लयमा रहेका छन् । यो जितपछि बार्सिलोनाको सात खेलबाट १९ अंक भएको छ । रियल म्याड्रिडको छ खेलबाट १८ अंक छ र उसले आइतबार जितसँगै बार्सिलोनालालाई उछिन्न सक्ने छ ।

शनिबारकै अन्य खेलमा एटलेटिको म्याड्रिडले सेभियालाई २–० ले हरायो र १३ अंकमा पाँचौं स्थानमा उक्लियो । यस्तै रियल भालाडोलिडले गेटाफेलाई ३–२ ले पराजित गर्‍यो भने काडिज र भिल्लारियलबीचको खेल गोलरहित बराबरीमा टुंगियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७