ट्रयाक्टरको ट्रली पल्टिँदा कानपुरमा २६ जनाको मृत्यु


१६ आश्विन २०७९, आईतवार
0CBF1DDA FE2D 48A0 814E 0FC542A69AC9

काठमाडौं । भारत उत्तर प्रदेशको कानपुरमा ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । घाटमपुर क्षेत्रमा श्रद्धालु बोकेको ट्रयाक्टरको ट्रली गाउँ नजिकै पानीले भरिएको सडक छेउको खाल्डोमा खसेर दुर्घटना भएको हो ।

कानपुर जिल्ला मजिस्ट्रेट विशाख जी अय्यरले पत्रकारहरूलाई भने, ‘मृतकमा १४ महिला र बाँकी बालबालिका रहेका छन् । प्रत्यक्षदर्शीका अनुसार ट्रयाक्टर ट्रली पल्टिएर सडकको छेउमा पानी भरिएको खाल्डोमा खसेको थियो ।’

यद्यपि दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ । समाचार एजेन्सी पीटीआईका अनुसार उक्त ट्याक्टर ट्रलीमा करिब ५० जना सवार थिए । उनीहरू फतेहपुरको चन्द्रिका देवी मन्दिरमा मुन्डन कार्यक्रममा सहभागी भई घाटमपुर फर्किएका थिए । एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै पीटीआईले कम्तीमा १२ जनाको घटनास्थलमै मृत्यु भएको बताएको छ ।

राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन् र अधिकारीहरूलाई छिटोभन्दा छिटो घटनास्थलमा पुगेर युद्धस्तरमा राहत कार्य गर्न निर्देशन दिएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७