रोमाले इन्टरलाई हरायो


१६ आश्विन २०७९, आईतवार
fbl ita seriea inter roma 173440 2660285 20221002085747

काठमाडौं । एक गोलले पछि परेको स्थिति उल्टाउँदै एएस रोमाले इन्टर मिलानलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शनिबार राति भएको सिरी ए अन्तर्गतको खेलमा रोमा २–१ गोलले विजयी भएको हो ।

खेलको पहिलो हाफमा फेडेरिको डिमार्कियोले इन्टरलाई अग्रता दिलाएका थिए । तर नौ मिनेटपछि नै पाउलो डिबालाले खेल बराबरी गरे । दोस्रो हाफको ७८ औँ मिनेटमा क्रिस स्मालिङले गोल गर्दै रोमाको पुनरागमन पुरा गरे । रोमाले सन् २०१७ को फ्रेबुअरी यता पहिलो पटक इन्टरलाई हराएको हो । जीतसँगै रोमा लिगको चौथो स्थानमा उक्लिएको छ । इन्टर भने सातौँ स्थानमा सीमित छ ।

अन्य खेलमा साबिक विजेता एसी मिलानले नाटकीय खेलमा इम्पोलीलाई ३–१ ले हराएको छ । उता शीर्ष स्थानमा रहेको नापोलीले टोरिनोलाई समान ३–१ गोलले हरायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७