कर्मचारीको आन्दोलनले बेलायतको रेल सेवा प्रभावित


१६ आश्विन २०७९, आईतवार
reeee X9uZtTLD3e

काठमाडौं । बेलायतको रेल सेवा प्रभावित भएको छ । पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो ।

रेल सेवामा कार्यरत कर्मचारीहरूले यसअघि नै आन्दोलन गर्ने तयारी गरेका भए पनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकाले रोकिएको थियो । उनीहरूले महारानी एलिजावेथको शोक अवधि सकिएपछि आन्दोलन शुरु गरेका हुन् ।

रेल सेवाका कर्मचारीहरूले बजार मूल्य अनुसार आफूहरूको तलबसहित सेवा सुविधा वृद्धि हुनुपर्ने माग राखेका छन् । आफूहरूले पटक–पटक पारिश्रमिक बढाउन माग गरेको तर व्यवस्थापनले वेवास्ता गरेपछि आन्दोलनमा उत्रिनुपरेको बताएका बीबीसीले जनाएको छ । बेलायतमा रेल सेवाका कर्मचारीले गरेको आन्दोलनबाट अरु क्षेत्र समेत प्रभावित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७