आमा र काकाको हत्या, भाग्दै गर्दा पक्राउ


२०७९ असोज १६ आइतबार ०९:०२ बजे

झापा । झापाको कमल गाउँपालिकाका एक युवकले आमा र काकाको हत्या गरेका छन् । गए राति (शनिबार) साढे १० बजेतिर कमल गाउँपालिका–२ सिमलडाँगीका २३ वर्षीय चन्द्र माझीले आमा र काकाको हत्या गरेका हुन् ।

माझीले सुतिरहेका ५० वर्षीय काका सन्तबहादुर माझीमाथि पहिला हतियार प्रहार गरेका थिए । त्यसपछि अर्को कोठामा सुतिरहेकी ५० वर्षीया आमा चन्द्रकला माझीमाथि हतियार प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ । हतियार प्रहार गरी भाग्दै गर्दा चन्द्र माझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७