इटहरीका पूर्व मेयर द्वारिकालाल चौधरी माओवादीमा प्रवेश


१६ आश्विन २०७९, आईतवार
prachanda

काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्व मेयर तथा नेकपा (एमाले) का नेता द्वारिकालाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ललितपुर खुमलटारस्थित निवासमा पुगेर चौधरीलगायतका एमाले नेता–कार्यकर्ता आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी अध्यक्ष दाहाल, पूर्वमन्त्री राम कार्की लगायत नेताहरूले चौधरीको टिमलाई पार्टीमा प्रवेश गराएको हो ।

माओवादी केन्द्रका अनुसार चौधरीसहित १० नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् । विद्यार्थी संगठनबाट राजनीतिमा लागेका चौधरी एमालेको सुनसरी जिल्ला अध्यक्ष भइसकेका नेता हुन् । उनी २०७२ सालमा एमाले सुनसरी जिल्लाको अध्यक्ष भएका थिए भने २०७४ सालको स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७