कांग्रेसले व्यापक हेरफेरसहित बुझायो समानुपातिकको अन्तिम सूची

शेखर समूहका ३५ प्रतिशत नेताहरु समावेश


१६ आश्विन २०७९, आईतवार
sanepa congress

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले व्यापक हेरफेरपछि समानुपातिक सूचीको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाएको छ ।

शनिबारदेखि रातभर बैठक बसेर बिहानपख नामावली टुंगो लगाएको थियो । कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार कांग्रेसले अन्तिम सूची बुझाएको छ ।

निर्वाचन आयोगले यसअघि बुझाएको सूचीमा त्रुटि संशोधनका लागि आजसम्मको समय दिएको थियो । बन्दसूचीमा भएका नाम फिर्ता लिन चाहनेले भोलिसम्म फिर्ता लिन सक्ने छन् ।

कांग्रेसमा शेखर कोइराला समूहले समानुपातिक सूचीमा ३५ प्रतिशत आफूहरु पक्षका नेताहरु समावेश गरेको दाबी गरेका छन् । ११० जनाको नाम बुझाउँदा यसअघि ४४ जना आफूहरुका हुनुपर्ने अडान राखेका थिए ।
तर अहिले बुझाउँदा अन्तिम नामावलीमा कम्तिमा पनि ३५ प्रतिशत रहेको दाबी उनीहरुको छ । एक नेताका अनुसार त्यसमा पनि १२–१३ जनाको नाम अघि नै राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७