ठाडा दहमा डुवेर एक जनाको मृत्यु


१६ आश्विन २०७९, आईतवार
Thada daha arghakhachi scaled

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा रहेको डमरु दहमा डुवेर एक व्यक्तिको ज्यान गएको छ । दहमा डुवेका शितगंगा –३ दह निवासी ३७ बर्षीय खिमबहादुर नेपालीको घटनास्थलमै ज्यान गएको हो ।

विहान करिव ८ बजेतिर दहमा पसेका नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली र स्थानीयले पानीमुनि हिलोमा गडेको अवस्थामा उद्धार गरेका थिए । उद्धार गर्ना साथ नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पुर्‍याइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएका कारण मृत घोषणाको लागि भएपनि अन्यत्र पठाउने तयारी गरिएको छ ।

पानीमुनिबाट उद्धार गरिएका नेपालीको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले बताए । ‘यहाँ चिकित्सक हुनुहुन्न, चिकित्सकले घोषणा नगरेसम्म मृत भन्न मिल्दैन’ रेग्मीले भने, ‘तर उहाँ जीवित भने हुनु हुन्न ।’ नेपालीको परिवारमा आमा, श्रीमती र दुई छोरी छन् । श्रीमती भने रोजगारीको क्रममा भारतमा रहेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७