इरानमा झन चर्किदै हिजाबविरुद्धको प्रदर्शन, प्रहरीले चलायो गोली


१७ आश्विन २०७९, सोमबार
Iran Protest

काठमाडौं । इरानमा हिजाबको विरोधमा चर्किरहेको विरोध प्रर्दशनको क्रममा आइतबार मुलुकको एक चर्चित युनिभर्सिटीमा छात्राहरु र प्रहरीबीच झडप भएको छ ।

सामाजिक सञ्जाल तथा स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार सुरक्षाकर्मीहरुले भिड हटाउन गोली चलाएका थिए । इरानमा गत सेप्टेम्बरमा प्रहरी हिरासतमा एक युवतीको मृत्यु भएसँगै आन्दोलन सुरु भएको थियो । २२ वर्षीया महसा अमिनीलाई प्रहरीले हिजाब कानुन पालना नगरेको आरोपमा गिरफ्तार गरेको थियो ।

त्यसको केही घण्टामा उनी कोमामा पुगेकी थिइन् ।
प्रहरीले उनलाई निर्घात कुटपिट गरेको र उनको टाउको गाडीमा ठोक्काएको प्रदर्शनकारीको आरोप छ । त्यसका साथै प्रहरीले उनको टाउकोमा पनि लाठी प्रहार गरेको उनीहरुले बताएका छन् ।

प्रहरीले भने यो आरोप खण्डन गर्दै आएको छ । प्रहरीले उनको मृत्यु हृदयाघातको कारण भएको उल्लेख गरेको छ । त्यसयता इरानमा निरन्तर प्रदर्शन बढ्दै गएको छ । नर्वेस्थित एक एनजीओ इरान ह्युमन राइट्सका अनुसार मुलुकभर अहिलेसम्म १३३ जनाको मृत्यु भएको छ । सरकारले भने विरोध प्रदर्शनको सामना गर्ने र यो प्रदर्शन विरोधीको षडयन्त्र भएको बताउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७