अर्घाखाँचीमा गठबन्धन र एमालेबाट पुरानै अनुहार : दुबैलाई स्वतन्त्रको ‘डर’


१७ आश्विन २०७९, सोमबार
top bahadur pushpa bhusal

अर्घाखाँची । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा अर्घाखाँचीमा नेकपा एमाले र सत्तागठवन्धनबाट पुरानै अनुहार दोहोरिने निश्चित जस्तै देखिएको छ ।

प्रतिनिधि सभामा एमालेले केन्द्रीय सचिव टोपबहादुर रायमाझीको नाम सर्वसम्मत सिफारिस गर्दा नेपाली कांग्रेसले कांग्रेस नेतृ पुष्पा भुसालसहितको नाम पठाएको छ । सभापति देउवा निकट मानिएकी भुसाल पार्टीभित्रको गुट समिकरणका कारण उम्मेदवार बन्नबाट रोकिएको अवस्थामा बाहेक सामान्य अवस्थामा भुसाल बाहेक अरुले उम्मेदवारी पाउने सम्भावना नरहेको कांग्रेस स्रोतले जनाएको छ ।

गठवन्धनमा रहेका दलहरुबीच अर्घाखाँची लेपाली कांग्रेसले लिने सहमति भएको समाचार विवरण बाहिर आइसकेको अवस्थामा यो पटक अर्घाखाँचीमा पुरानै उम्मेदवार मैदानमा देखिने भएका छन् । यद्यपी स्वतन्त्र उम्मेदवार को आउने हो भन्ने चर्चाको विषय बनेको छ ।

दुवैलाई स्वतन्त्रको डर
कांग्रेस नेतृ पुष्पा भुसाल चुनावको बेला बाहेक विरलै अर्घाखाँचीमा देखिने नेतृ हुन् । अर्घाखाँची आउदै नआएको आरोप लाग्ने गरेकी भुसालले चुनावको मिति नजिकिएसँगै अर्घाखाँचीमा सक्रियता बढाएकी छन् । केही दिनअघि अर्घामा कम्वल बाँड्न पुगेकी भुसालको सामाजिक सञ्जालमा आलोचना समेत भएको थियो ।

यता एमालेबाट सर्वसम्मत सिफारिस भएका रायमाझी माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका हुन् । प्रायजसो अर्घाखाँचीमा देखिने रायमाझीलाई पदको लोभमा पार्टी परिवर्तन गर्ने गरेको आरोप छ ।

दुवै जना पुराना अनुहारको बीचमा स्वतन्त्र उम्मेदवार को आउँछ भन्ने विषयले समेत निर्वाचनको परिणाममा प्रभाव पार्ने अड्कालवाजीहरु भएका छन् । सामाजिक सञ्जालहरुमा केही चर्चा परिचर्चा हुने गरेको भए पनि अर्घाखाँचीमा हालसम्म कुनै पनि व्यक्तिले स्वतन्त्र उम्मेदवारी घोषणा भने गरिसकेका छैनन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७