हेटौंडामा बस दुर्घटना : दुईको मृत्यु, ३६ जना घाइते


१७ आश्विन २०७९, सोमबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

हेटौंडा । मकवानपुरको हेटौंडामा बस दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङको बेलबारी नगरपालिका– ८ बस्ने ५१ वर्षीय कल्पना राजवंशी रहेको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

काठमाडौंबाट झापाको दमक जान लागेको ना ७ ख २०३२ नम्बरको बस गए राति मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित खण्डमा आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी बसमा सवार ३६ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । घाइते दुई जनालाई थप उपचारका लागि काठमाडौं र तीन जनालाई भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ एक जनाको भने हेटौंडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७