‘पेस्तोल किङ्ग’ जीतुलाई भारतमा स्वर्ण पदक


२६ चैत्र २०७४, सोमबार
jitu

काठमाडौं, २६ चैत : संखुवासभाका जीतु राईले अष्ट्रेलियाको गोल्डकोस्टमा आयोजित १० मिटर एयर पेस्तोल प्रतियोगितामा नयाँ रेकर्डका साथ स्वर्ण पदक जितेका छन् ।jitu

भारतीय गोर्खा सैनिकमा भर्ती भएका उनी सुटिङमार्फत् थुप्रै पदकहरु भारतलाई दिलाएका छन् । जीतु राई आजभोलि ‘पेस्तोल किङ्ग’ को रुपमा चिनिएका छन् । भारतलाई पछिल्लो स्वर्ण पदक दिलाउने क्रममा जीतुले २३५ दशमलव १ अंकका साथ पहिलो स्थान हासिल गरे । भारतकै ओम मिठरवालले २१४ दशमलव ३ अंकका साथ काँस्य पदक जिते । यस प्रतिष्पर्धाको रजत पदक अस्ट्रेलियाको केरी बेलले हात पारे । राईले ठूला ठूला पदक जितेका छन् ।

जीतुबारे जानकारी ?

नेपालको संखुवासभामा जन्मिएका जीतुका बुवा भारतीय सैनिकमा जागिरे थिए जसले चीन र पाकिस्तानविरुद्ध ठूला ठूला लडाईंमा भाग लिएका थिए । २० वर्षको उमेरमा जीतु पनि भारतीय सैनिकमा भर्ती भए । लखनउको एक सैन्य अड्डामा रहेका जीतुलाई सुटिङ खेलप्रति रुची थिएन तर उनको निशाना निकै सटिक थियो । यो देखेर सैन्य अधिकारीहरुले जीतलाई मउको आर्मी मार्कमेन युनिटमा पठाए । तर नायब सुबेदार पदमा रहेका जीतु लगातार फेल भएको भन्दै फिर्ता गरियो ।

भारतीय सेनामा रहेकै बेला सन् २०१३ मा जीतुले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थाले र एक वर्षभित्रै उनी विश्वभर चिनिन थाले । जीतुले सन् २०१४ मा कमनवेल्थ गेम्समा ५० मिटर पेस्तोल वर्गमा स्वर्णपदक जिते । सन् २०१४ को एशियन गेममा पनि भारतलाई पहिलो स्वर्णपदक जीतुले नै दिलाएका थिए । सन् २०१४ मा नै जीतले शुटिङमा नौ दिनभित्र तीन वल्र्डकप मेडल जितेर रेकर्ड बनाएका थिए । जसमा १० मिटर एयर पेस्तोलमा स्वर्ण र ५० मिटर एयर पेस्तोलमा रजत सामेल छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७