व्यवस्थामाथि संकटको बादल मडारिरहेको छ : रामचन्द्र पौडेल


१७ आश्विन २०७९, सोमबार
35 Shares
Ramchandra Poudel

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थामाथि संकट कायमै रहेको बताएका छन् । विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले देशमा संक्रमणकालीन अवस्था अझै कायम रहेको भन्दै व्यवस्थामाथि अहिले पनि संकट कायम रहेको बताएका हुन् ।

नेपाललाई सुशासन दिएर नेपालको उन्नति प्रदान गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिले षड्यन्त्र कायम रहेको आफुलाई अनुभूति भइरहेको उनले बताए । उनले देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिलाई निरुत्साहीत गर्न जरुरी रहेको उल्लेख गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पौडेलले मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको प्रष्ट्याए। पौडेलले भिडियो सन्देशमा भनेका छन्, ‘मुलुकको हितको लागि र समाजिक न्यायको लागि हामी डटिरहेका छौ । मुलुकलाई उन्नतिको मार्गका लैजानका लागि हामीले गठबन्धन गरेका हौं ।’

ncll 2

पौडेलले नेपालको उन्नतिको बाटोलाई अगाडि बढाउँदै मुलुकलाई पश्चगामी बाटोमा लैजान टाउको उठाउँदै गर्ने प्रवृतिहरूलाई निरुत्साहीत पार्न नेतृत्वको कार्यक्षमता, सुशासन दिने नैतिक क्षमता र नैतिक शक्तिको आवश्यकता हुने बताए ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७