समानुपातिक सूचीबाट माओवादीले हटायो कृष्णबहादुर महराको नाम


१७ आश्विन २०७९, सोमबार
Krishna Bahadur Mahara

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रवक्ता कृष्णबहादुर महराको नाम समानुपातिक सूचीबाट हटाएको छ ।
माओवादी पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार महरा आफैंले नाम हटाउन भनेपछि समानुपातिकको सूचीबाट हटाइएको हो ।

‘उहाँको नाम खस आर्यतर्फ १ नम्बरमा थियो,’ ढकालले भने, ‘मलाई राख्न पर्दैन हटाई दिनुस् भन्नु भयो र उहाँको नाम हटाइयो ।’ माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा महराको नाम १ नम्बरमा थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७