भागबण्डालाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बस्दै

आजको वैठक ‘निर्णायक’ हुने दावी


१८ आश्विन २०७९, मंगलवार
Gathbandhan Top five leader of nepal

काठमाडौं । सिट भागबण्डालाई अन्तिम रुप दिन पाँच दलीय गठबन्धनको बैठक आज (मंगलबार) पनि बैठक बस्दै छ । सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले जानकारी दिएकी छन् ।

उनका अनुसार आज बिहान शुरुमा आन्तरिक बैठक बसेर ११ बजे फेरि पाँचै दलका शीर्ष नेताहरूबीच बैठक बस्ने छ । हिजो साँझसम्म सिट बाँडफाँटमा ठोस प्रगति हुन नसकेको उनको भनाइ छ ।

आजको बैठकबाट अन्तिम र निर्णायक बनाउने तयारी दलहरूको छ । सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको असोज २० गते दुई महिना पुग्दै छ । गएको साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि कार्यदल गठन गरिएको थियो । त्यतिबेला साउन अन्तिमसम्म सिट बाँडफाँटको टुंगो लगाउने भनिएको थियो । तर, दुई महिना पुगिसक्दा पनि गठबन्धनलाई भागबण्डा मिलाउन सकस परिरहेको छ ।

गठबन्धनमा रहेका सबै दलहरुले बढी सिटमा दावी गरिरहेका कारण भागबण्डा मिल्न नसकेको हो । विशेष गरी उपेन्द्र यादवको जनता समाजवादी पार्टी (जसपा) र माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीले आफूलाई गठबन्धनमा कम सिट छुट्याइएको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७