‘लाखे’ को ट्रेलर सार्वजनिक


१८ आश्विन २०७९, मंगलवार
lakhe

काठमाडौं । ‘सस्पेन्स थ्रिलर जनरा’ को प्रतीक्षित फिल्म ‘लाखे’ को ट्रेलर फूलपातिको अवसर पारेर आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । फस्र्टलुक पोस्टर र टिजर सार्वजनिकसँगै चर्चामा रहेको ‘लाखे’ दिपावलीको कोसेली स्वरुप कार्तिक ११ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।

सम्राट बस्नेत निर्देशित फिल्मको ट्रेलरमा सस्पेन्स, थ्रिल, एक्सन तथा सेन्टिमेन्टसको सम्मिश्रण देखिन्छ । टे«लरमा फिल्ममा सबै मुख्य कलाकारलाई समेटिएको छ । फिल्ममा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुसन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्वन्द्व निर्देशन रहेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । ‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

औरियन प्रोडक्सनले ग्लोवल मिडिया एन्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मकोे पटकथा आकाश बरालले लेखेका हुन भने सम्वादमा उनलाई अनुप न्यौपानेले सघाएका छन् । फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७