भक्तपुरमा आज खम्ये जात्रा, हजारौं भक्तजनले दर्शन गर्ने


१८ आश्विन २०७९, मंगलवार
49 Shares
Khamya jatra 4

भक्तपुर । भक्तपुरमा आज मंगलबार खम्ये (राँंगो) जात्रा हुँदैछ । प्रत्येक वर्ष दसैंको महानवमीको साँंझ यहाँं खम्ये दौडाएर खम्ये जात्रा गरिन्छ । भक्तपुरमा दशैंको क्रममा हुने विभिन्न जात्राहरुमध्येको एउटा ठूलो जात्रा खम्ये जात्रा हो । प्रत्येक वर्ष दशंैको महानवमीका दिन यहाँं निख्खर कालो ठूलो राँंगोलाई नगरभरि दौडाएर खम्ये जात्रा गरिन्छ । यसलाई स्थानीहरु नेपाल भाषामा खम्ये जात्रा भन्दछन् ।

प्रत्येक वर्ष दसैंमा राष्टपति सवारी हुने भक्तपुरको प्रसिद्ध नवदुर्गा द्योछें (देवता घर) मा राखिराखेको राँंगोलाई साँंझ दौडाएर जात्रा सुरु हुन्छ । दौडाउनु अघि राँंगालाई रक्सी खुवाएर मातन लगाइन्छ । राँंगोलाई देवता घरबाट दौडाउन सुरु गरी नगरभरि परिक्रमा गराइन्छ । केही हुलले खम्येलाई दौडाएर जात्रा हुन्छ । जात्राको दिन राँंगा दौडाउने भक्तपुर नगरभरिका सडकपेटीहरुमा जात्रा हेर्ने भक्तालुहरुको हुल बाटोभरि लाग्छ । भक्तपुर नगरपालिका ९– गछेंस्थित द्योछेंमा राखिएको खम्येलाई भक्तपुर नगरपालिका ८ ब्रम्हायणी मन्दिरमा पुर्‍याएपछि जात्रा अन्त हुन्छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विजया दशमीका लागि आवश्यक महिषासुरको प्रतीक मानिने खम्येलाई महानवमीको राति त्यहाँं बली दिइन्छ । नवमीको राति ब्रम्हायणीमा राँगाको वध गरेपछि भोलिपल्ट विजया दशमीका दिन त्यहाँ ठूलो मेला लाग्ने गर्दछ । मेला भर्न दसौं हजार श्रद्धालु ब्रम्हायणी पुग्छन् । दशमीमा मेला भर्न ब्रम्हायणीमा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत छिमेकी जिल्लावासी त्यहाँ पुग्छन् ।

ncll 2

राँगाको मासु जात्रामा विभिन्न जिम्मेवारी वहन गर्ने कसाइदेखि नवदुर्गाको मखुन्डो बनाउने चित्रकारसम्म सबैलाई बाँडिन्छ ।
यसअघि राँगोलाई नवमीसम्म द्योछेंमै पालेर राखिने गर्दछ । प्रत्येक वर्ष द्योछेंमा भित्याएपछि नवमीसम्म द्योछेंमा पाल्ने परम्परा चलिआएको छ । राँंगोलाई प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि नागपञ्चमीको वीचमा देवता घर भित्र्याइन्छ ।

jagdamba.cement

भित्रयाइएको राँंगो व्यक्तिले पैसा हालिदिएको हुन्छ । एक लाख भन्दा वढी पर्ने राँंगो किनेर हालिदिन वर्षाै लामो कुर्नुपर्ने हुन्छ । चढाउन चाहनेले क्रमबद्ध रुपमा राँगो चढाउन सक्ने व्यवस्था नवदुर्गा मन्दिरमा मिलाइएको छ । भगवानलाई चढाएपछि पुण्य पाइने भएकाले भाकल गरी भक्तालुले पैसा तिरेर राँंगो चढाइदिने चलन छ । वर्षेनी यसैगरी श्रद्धालु भक्तजनले खम्ये जात्राका लागि राँगो दिने गरेका छन् ।

इतिहासविद् डा. वीरेन्द्रप्रसाद कायस्थ खम्ये जात्रा भक्तपुरको दशैंमा हुने विविन्न जात्रामध्ये आकर्षक जात्रा भएको बताउँंछन् । जात्रा हेर्न त्यो दिन नगरभरि भीड हुने उनको भनाई छ । दसैंको क्रममा सवैभन्दा ठूलो जात्रा भने विजया दशमीको दिन ब्रम्हायणीमा लाग्ने जात्रा हो । जुन हेर्न लाखौं मानिस सहभागी हुन्छन् ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७