बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो


१८ आश्विन २०७९, मंगलवार
death
सांकेतिक तस्वीर

उदयपुर । गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ । उनको शव ३८ दिनपछि फेला परेको हो ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता थिए । उनको कङ्काल बेलका नगरपालिका–८ सेतीखोलास्थित माछापुछ्रे सामुदायिक बनमा रुखमा झुण्डिएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए ।

डिएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । राउत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा–२ को वडा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७