प्रत्यक्षतर्फको उम्मेद्वारी दर्ता कार्यक्रम सार्वजनिक, यस्तो छ निर्वाचन कार्यतालिका


१८ आश्विन २०७९, मंगलवार
Nirbachan scaled

काठमाडौं । आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उमेदवारको बन्दसूची पनि आयोगमा बुझाइसकेका छन् । त्यो बन्दसूचीलाई अन्तिम रूप दिने प्रक्रिया जारी छ ।

प्रत्यक्षतर्फ भने यही असोज २३ गते उममेदवारको मनोनयनपत्र दर्ता गरिने कार्यतालिका छ । उक्त दिन बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक कागजातसहित गएर मनोनयनपत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ ।

सोही दिन बेलुका ५ देखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरिएको उममेदवारको सूची प्रकाशन गरिने कार्यतालिका छ । यस्तै, असोज २४ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उममेदवारको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ ।

विभिन्न प्रक्रिया पूरा गरी असोज २६ गते दिउँसो १ देखि ३ बजेसम्म उममेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ । आयोगका अनुसार सोही दिन अपराह्न ४ देखि बेलुका ७ बजेसम्म उममेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मंसिर ४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

FeNANNoacAAyXhK h9w3CQiNpn

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७