२०७९ असोज १९ गते बुधबारको तपाईको राशिफल

असोज शुक्ल दशमी पञ्चाङ्गः सुकर्मा गर श्रवण, विजया दशमी / देवी विसर्जन / विश्व शिक्षक दिवस


१९ आश्विन २०७९, बुधबार
2275 Shares
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । सांगीतिक क्षेत्रमा रुचि पनि बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्ने छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

ncll 2

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । खानपिनप्रति सजग रहन बढी जरूरी छ ।

jagdamba.cement

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ । नियमित खर्च समेत बढ्ने योग छ, तर साँझमा मन प्रसन्न रहने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्ने छ । अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । टाढाको यात्राको सम्भावना समेत छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज समस्या दर्शाउँदा सुख दुःखमा साथ दिनेहरू भेटिने छन् । अरुलाई प्रभावित पारेर काम बन्ने छ । लाभदायी यात्रा पनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७