राष्ट्रपतिले नागरिकलाई दशैंको टीका लगाई दिने, पूर्व राजाले नलगाई दिने


१९ आश्विन २०७९, बुधबार
Dashain tika bidhya gyanendra

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार) नागरिकलाई दशैंको टीका लगाई दिने भएकी छन् । राष्ट्रपति कार्यलयमा टीका र प्रसाद प्रदान कार्यक्रम राखेको छ ।

दिउँसो २ देखि ३ बजे विशिष्ट व्यक्तिलाई टीका लगाई दिने कार्यक्रम राखिएको छ भने ३ देखि ५ बजेसम्म अन्यलाई टीका लगाउने कार्यक्रम राखिएको छ ।

यता यसपालि पूर्व राजा ज्ञानेन्द्र शाहले भने नागरिकलाई टीका नलगाई दिने बताइसकेका छन् । डेङ्गीको महामारी फैलिरहेका बेला पूर्व राजा शाहले टीका नलगाउने निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७