बायर्नको फराकिलो र सहज जित


१९ आश्विन २०७९, बुधबार
Bayarn

काठमाडौं । लेरोए सानेको दुई गोलप्रेरित बायर्न म्युनिखले मंगलबार राति च्याम्पियन्स लिगमा चेक गणतन्त्रको क्लब भिक्टोरिया प्लाजेनमाथि ५–० को सहज विजय हासिल गरेको छ ।

बायर्नले घरेलु मैदान एलिनाज एरिनामा सानेको गोलबाट सातौँ मिनेटमा अग्रता लिएको थियो । १७औं मिनेटमा सर्ज गेनाब्रीले बायर्नको अग्रता दोब्बर बनाए । २१औं मिनेटमा सडियो मानेले तेस्रो गोल थपे ।

३६ औं मिनेटमा बायर्नकै जमल मुसिलाले गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदियो । ५० औं मिनेटमा सानेले व्यक्तिगत दोस्रो गोल थपे । त्यसको ९ मिनेट वित्न नपाउँदै इरिक म्याक्सिम चौपो–मोटिङले पाँचौँ गोल थपे ।

जितसँगै तीन खेलबाट ९ अंक जोडेको बायर्न समूह ‘सी’को शीर्ष स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको इन्टर दोस्रो र ३ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । पराजित भिक्टोरिया प्लाजेन पुछारमा छ । गए राति इन्टरले बार्सिलोनालाई १–० ले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७