रेन्जसर्डविरुद्ध लिभरपुलको सहज जित


१९ आश्विन २०७९, बुधबार
Liverpool1664941559

काठमाडौं । लगातार दोस्रो जित निकाल्ने क्रममा लिभरपुलले च्याम्पियन्स लिगमा मंगलबार रेन्जर्सलाई २–० ले हराएको छ । समूह ए अन्तर्गतको खेलमा लिभरपुलको जितमा ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड र मोहम्मह सलाहले समान एक गोल गरे ।

खेलको सातौं मिनेटमा एलेक्जेन्डर अर्नोल्डको फ्रिकिक गोलमा लिभरपुलले अग्रता लिएको थियो । ५३औं मिनेटमा सलाहले पेनाल्टीको सदुपयोग गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।

समूह ‘ए’ मा लिभरपुल तीन खेलमा दुई जित र एक हारपछि ६ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको नेपोली भन्दा तीन अंक कम हो । लिभरपुल समूहको पहिलो खेलमा नेपोलीसँग ४–१ ले पराजित भएको थियो । तेस्रो स्थानको आयाक्सको तीन अंक छ भने चौथो स्थानको रेन्जर्सले अंक खाता खोल्न सकेको छैन । यता, नेपोलीले आयाक्समाथि ६–१ को फराकिलो जित निकाल्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७