दक्षिण कोरियामा अहिले पनि दिनमा ३४ हजार बढीमा कोरोना संक्रमण


१९ आश्विन २०७९, बुधबार
korona koriya

काठमाडौं । दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित रहेका पाइएको छ ।य हाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र यसअघिको २४ घन्टायता ३४ हजार सात सय ३९ जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको छ ।

यहाँ अघिल्लो दिनमात्र १६ हजार जनामा मात्र कोरोनाका सङ्क्रमित पाइएकामा बुधबार ३४ हजार भन्दा बढी देखिएको हो । यहाँ अघिल्लो हप्ता दैनिक करिब २४ हजार जनामा सङ्क्रमण भएको बताइएकामा बुधबार यसमा बृद्धि भएको हो ।

पछिल्लो दिन यहाँ कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । यहाँ अहिलेसम्म कोरोनाबाट २८ हजार जनाभन्दा बढीको कोरोनाले निधन भएको छ ।त्यसैगरी यहाँ यो महामारीको सुरुआतदेखि अहिलेसम्म नै दुई करोड भन्दा बढीमा यो सङ्क्रमण भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७