नेपाल थाइल्याण्डसंँग पराजित


१९ आश्विन २०७९, बुधबार
nepal

काठमाडौं । एएफसी यु–१७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० ले पराजित भएको छ ।

भियतनाममा जारी प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डलाई जित दिलाउन तोतावानले दुई र थानाक्रितले एक गोल गरे । ३०औं मिनेटमा तोतावानको गोलमा थाइल्याडले अग्रता लियो । ६५औं मिनेटमा तातावानको व्यक्तिगत दोस्रो गोल गर्दा २–० को अग्रता बनायो । ७८औं मिनेटमा थानाक्रितले थाइल्याण्डका लागि तेस्रो गोल गरे ।

समूह ‘एफ’ मा रहेको नेपालले शुक्रबार दोस्रो खेलमा घरेलु टोली भियतनाम र अन्तिम खेलमा आइतबार चाइनिज ताइपेईको सामना गर्नेछ । छनोटमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष टोलीका साथै उत्कृष्ट ६ उपविजेता एसिया कप २०२३ का लागि छनोट हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७