नारायणी र राप्ती नदीले खतराकाे तह नाघ्यो, सजगता अपनाउन आग्रह


२० आश्विन २०७९, बिहीबार
narayani river flood AAVkL5wJtN scaled
फाइल फोटो

चितवन । लगातारको बर्षाका कारण चितवनको नारायणी र बाँकेको राप्ती नदीमा जलसतहले खतराको तह नाघेको छ । राप्ती नदीमा बाढीले खतरा तह पार गरेको भन्दै बाँके जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रका बासिन्दालाई सजगता अपनाउन आग्रह गरेको छ ।

अविरल वर्षाका कारण बाँकेस्थित पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा जल सतहले बुधबार साँझ साढे ५ बजे ६ः४५ मिटर खतरा तह पार गरेको र बढ्दो क्रममा रहेको बाँके जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त नदीमा पानीको सतह ५.४० मिटर पुग्दा खतरा मानिन्छ । नदी किनारका सर्वसाधारणलाई सुरक्षित ठाउँमा जान र दाउरा छोप्न, नुहाउन तथा माछा मार्न नजान पनि प्रशासनले आग्रह गरेको छ ।

यस्तै अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ६ः२० बजे दिएको जानकारी देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको हो ।

नारायणी जलाधार क्षेत्रमा थप वर्षा भइरहेको र जल सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा जोखिमको सम्भावना रहेको छ ।
चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन बाढी सूचना केन्द्रले जनाएको छ ।

अविरल वर्षाले लुम्बिनी प्रदेशका धेरै जिल्लाहरुमा अत्यधिक पानी परेको छ । चितवन, नवलपरासी पश्चिम, कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङ, बर्दियामा भारी वर्षा भएको छ । दाङ र बर्दियामा पहिरोको जोखिम पनि बढाएको बाढी सूचना केन्द्रले जनाएको छ ।

bake badhi 7ta4AyADWM

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७