कलाकारले यसरी मनाए दशैं


२० आश्विन २०७९, बिहीबार
Dashain actors

काठमाडौं । विजया दशमी कलाकारले धुमधामसँग मनाएका छन् । अभिभावकबाट बडादशैँको टीका ग्रहण गरेका तस्बिरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।

नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्रीमान् माइकल चन्दको हातबाट टीका ग्रहण गरेपछि परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिएकी छन् । यस्तै अभिनेता हरिवंश आचार्यले स्वर्गीय श्रीमती मीरा आचार्यको तस्बिर राखेर पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिएका छन् ।

यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा थापेपश्चात् आशीर्वाद लिएका छन् । ‘छड्के २’ को छायाङ्कनमा व्यस्त अनमोल लगत्तै ‘जेरी’मा व्यस्त हुनेछन् ।

bhuwan anamol 8wUw6hC2MB

अभिनेत्री सुहाना थापाले बुबा सुनिलकुमार थापा र आमा झरना थापाबाट टीका ग्रहण गरेकी छन् । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बुवाबाट, अभिनेता तथा निर्देशक निर्मल शर्माले आमाबाट र अभिनेता जितु नेपालले आमाको हातबाट टीका ग्रहण गरेकी छन् ।

यस्तै आमाबाट टीका र जमरा ग्रहण गरेपछि सामूहिक तस्बिर खिचाउँदै हास्यकलाकार शिवशङ्कर रिजालले दशैंको शुभकामना दिएका छन् । ‘तराई गएर अन्य मान्यजनबाट टीका ग्रहण गर्नेछु । मेरो दशैँ तराई र काठमाडौँमा बराबर हुँदै आएको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७