पहिरोले नारायणघाट–मुग्लिन सडक अवरुद्ध


२० आश्विन २०७९, बिहीबार
mugling pahiro 1
फाइल फोटो

चितवन । पहिरोको कारण नारायणघाट–मुग्लिन सडक अवरुद्ध भएको छ । लगातारको वर्षाले लेदोसहितको पहिरो खसेर आज बिहान साढे ८ बजेदेखि दुईतर्फी अवरोध भएको छ ।

भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलोमा अविरल वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेर अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले बताए । सडक विभागसँग समन्य गरी बाटो खुलाउने पहल भइरहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७