दशैंको टीका लगाउन मामाघर हिंडेका बालकलाई खोलाले बगाउँदा बेपत्ता


२० आश्विन २०७९, बिहीबार
dubera
सांकेतिक तस्वीर

अर्घाखाँची । दशैंको टीका लगाउन मामाघर हिंडेका १० वर्षीय बालकलाई खोलाले बगाउँदा बेपत्ता छन् । सन्धिखर्क नगरपालिका– ७ खाँचीकोट किटेनीका निवासी तारा पौडेलका १० वर्षीय छोरा समीर पौडेललाई स्थानीय फज्याङ खोलाले बुधबार बगाएको प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । धमिलो बाढीसहितको खोला तर्दै गर्दा बगाएको आमा तारा पौडेलले जानकारी दिइन् ।

पौडेल एक छोरा र एक छोरी लिएर दशैं मनाउन भूमिकास्थान नगरपालिका– ७ स्थित चिदिचौरमा मामाघर जाने क्रममा खोला तर्न खोज्दा समीरलाई बगाएको हो । बच्चालाई खोलाले बगाएपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । बुधबार दिउँसोबाट प्रहरीले बेपत्ता बालकलाई खोजिरहेको छ ।

दुई दिनदेखि लगातार खोलामा खोज्दा समेत केही फेला पर्न नसकेको प्रहरी निरीक्षक पौडेलले बताए । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण धमिलो खोला भएकाले खोजी कार्य गर्न निकै सकस परिरहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७