पश्चिम बंगालमा बाढी : मूर्ति विसर्जन गर्न गएका ७ को मृत्यु, धेरै जना बेपत्ता


२० आश्विन २०७९, बिहीबार
4b83f143 82b4 47da b410 b0383c0a1524 JXbwHumZ26

काठमाडौं । पश्चिम बंगालको जलपाईगुडी जिल्लामा बुधबार साँझ मूर्ति विसर्जनका क्रममा आएको बाढीका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार जलपाईगुडीका एसपी देवर्षि दत्तले धेरै मानिस नदीमा फसेको र धेरै मानिस बगेको जानकारी दिएका छन् । हालसम्म ७ जनाको शव फेला परेको र एनडीआरएफ र सिभिल डिफेन्स टोली उद्धार कार्यमा संलग्न छन् ।

घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पीएम मोदीले ट्वीट गर्दै लेखेका छन्, ‘पश्चिम बंगालको जलपाईगुडीमा दुर्गा पूजाको पर्वमा भएको दुर्घटनाले मेरो मन दुखेको छ । म यस दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति समवेदना प्रकट गर्दछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७