नेपाल आइपुगे सन्दीप, विमानस्थलबाटै हतकडी लगाएर लगियो गौशाला


२० आश्विन २०७९, बिहीबार
sandip2022 10 06 11 21 22

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने बिहीबार बिहान पक्राउ परेका छन् । उनलाई अहिले हतकडी लगाएर प्रहरी वृत्त गौशालामा लगिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

उनले आफूलाई हतकडी नलगाउन प्रहरीलाई आग्रह गरेका थिए । दोहाबाट कतार एयरवेजको विमानमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबार्ट नियन्त्रणमा लिइएको हो ।

कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वेदश फर्किएका हुन् । सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ । काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७