भैरहवाबाट काठमाडौं उडेको जहाज जनकपुर अवतरण


२० आश्विन २०७९, बिहीबार
buddha air
फाइल फोटो

रूपन्देही । भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एअरको विमान तीन घण्टा पछि मात्र काठमाडौंमा अवतरण गरेको छ । खराब मौसमका कारण काठमाडौंमा अवतरण हुन नसकेपछि सो विमानलाई जनकपुरमा अवतरण गराइएको थियो ।

खराब मौसमका कारण काठमाडौं विमानस्थलले इयर ट्राफिक जाम भएको सूचनाका आधारमा जनकपुरमा अवतरण गराइएको बताइएको छ ।

बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो । सो विमान १०ः२५ मा मात्र काठमाडौंमा अवतरण गरेको छ । झण्डै १ घण्टा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको बुद्ध एअरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७