भारतमा जन्ती बस दुर्घटना : २५ को मृत्यु , १५ जना घाइते


२० आश्विन २०७९, बिहीबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

नयाँदिल्ली । भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ । भारतको उत्तराखण्डमा ६१ जना सवार बस पाउरी गरवाल जिल्लामा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

२१ जनाको उद्धार गरिएको उत्तराखण्ड पुलिसलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खराब मौसमका कारण बस अनियन्त्रित भइ दुर्घटना भएको अनुमान छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गरी शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७