५२ हेक्टरमा फैलिएको ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा


२० आश्विन २०७९, बिहीबार
42 Shares
taruwa tal

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको ऐतिहासिक टरुवा तालको अस्तित्व सङ्कटमा परेको छ । ताललाई जलकुम्भी सहित झारले ढपक्क ढाकेकाले उक्त तालको अस्तित्व नै सङ्कटमा परेको हो ।

कावासोती नगरपालिका वडा नम्बर ७ र ८ मा फैलिएको ताल पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । हालको कावासोती बजार स्थापनामा टरुवा ताल जोडिन्छ । हालको बजार क्षेत्र मानिने कावासोती २, ३, ८ मा तत्कालीन वस्ती विकासको समयमा खानेपानी उपलब्ध नहुँदा टरुवा तालको पानी उपयोगमा ल्याएर स्थानीयवासीले आवश्यकता परिपूर्ति गर्ने गर्दथे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सोही तालको मुहानबाट पानी ल्याएर यहाँका बासिन्दाले पिउने, गाईबस्तुलाई खुवाउनदेखि घर निर्माणका कार्यमा समेत प्रयोग गर्ने गर्दथे । टरुवा ताल भएकै कारण पानी उपलब्ध भएकाले नै हालको कावासोती बजार विकसित भएको भन्ने धारणा रहिआएको छ । यसकारण पनि ताललाई ऐतिहासिक तालको संज्ञा दिने गरिएको हो । पछिल्लो समय ताललाई कावासोती तालका रुपमा समेत चिन्ने गरिन्छ ।

ncll 2

करिब तीन दशमलव ५२ हेक्टर जमिनमा फैलिएको तालको सरसफाइ नहुँदा झारले पुरिएको छ । टरुवा ताल झट्ट हेर्दा घाँसेमैदान जस्तै देखिने भएको छ । नियमित सरसफाइका कुनै कार्यक्रम नहुँदा तालको अस्तित्व सङ्कटमा परेको स्थानीय धनबहादुर महतोले गुनासो गरे । केही वर्ष अघिसम्म तालको संरचना राम्रै रहेको भएपनि अहिले झारले ढाकेर तालनै सुक्ने खतरा उत्पन्न भएको उनले बताए । ‘पहिले राम्रो थियो, विस्तारै झारले ढाक्दै गयो, अहिले चौरजस्तो देखिन थालेको छ’, महतोले भने, ‘पहिले सबैलाई पानी खुवाएको ताल अहिले आफैँ सङ्कटमा छ ।’

jagdamba.cement

जिल्लाको सदरमुकाम कावासोतीमा रहेको र राजमार्गदेखि करिब एक किलोमिटरको दूरीमा रहेको उक्त ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नसके जिल्लाकै महत्वपूर्णस्थलका रुपमा परिचित हुने नवलपुर होटल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष रानामगरले बताए । ताल क्षेत्रकै स्थानीयवासी समेत रहेका उनले यसलाई संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरे वरपरका बासिन्दाको आर्थिक अवस्था सुधारदेखि स्थानीय सरकारलाई आम्दानीको स्रोत समेत बन्ने उनको भनाइ थियोे । ‘यति सुन्दर ताल छ, यसलाई संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरे दैनिक सयौँको संख्यामा ताल अवलोकनका लागि आउने छन्’, अध्यक्ष रानामगरले भने, ‘वरपर आर्थिक गतिविधि बढ्नेछ, स्थानीयवासीको आम्दानीको स्रोत बढ्छ, नगरलाई पनि आम्दानी हुन्छ ।’

टरुवा तालसँगै हरियाली वातावरण, नजिकै रहेको नर्मदेश्वर महादेव मन्दिर, ताल परिसरसँगै जोडिएको गुम्बा आफँमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् । यसलाई जोडेर एकीकृतरुपमा विकास गर्नसके जिल्लाकै सुन्दर पर्यटकीय गन्तव्य बन्ने उनले बताए । प्राकृतिकरुपमा प्राप्त जिल्लाकै सुन्दर उपहार भए पनि यसलाई चिन्न सकिएको छैन । ‘यो साँच्चै प्रकृतिले दिएको सुन्दर उपहार हो, हामीले यसलाई चिन्न सकेनाैं, विकासको नाममा विनाशमा लाग्यौैं’, अध्यक्ष रानामगरले भने, ‘ताललाई पुरानो अवस्थामा फर्काउन आवश्यक छ ।’

उक्त ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, यस क्षेत्रमा पार्क निर्माण गर्ने योजनासहित कावासोती नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । सोहीअनुसार करिब दुई वर्ष अघि संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा टरुवा तालको विकासका लागि नगरपालिकासँगको साझेदारीमा रु सात करोडको काम सुरु गरिएको थियो ।

क्रमागत योजनाका रुपमा तीन वर्षसम्ममा साझेदारीमा काम सक्ने गरी कार्यक्रम अगाडि बढाइएको थियो तर पहिलो चरणमा तालको उत्तरतर्फ केही ग्याबिन बाध्ने र बाटो बनाउने काम भए पनि अन्य काम भने अघि बढ्न सकेन । कोभिडको असरसँगै सो समयको कामसमेत अधुरै रहेको छ । त्यसयता ताल संरक्षण र यसको विकासमा कुनै पनि काम अघि बढ्न सकेको छैन ।

ताललाई झारले ढाक्दा समेत सरसफाइमा समेत कसैको नजर पर्न सकेको छैन । टरुवा ताल कावासोती वडा नम्बर ७ सहित तल्लो भेगका जनताका लागि जलस्रोतका रुपमा रहेको छ । सो क्षेत्रमा निस्किएको मुहानबाट ताल हुँदै तल्लो क्षेत्रमा सिँचाइका लागिसमेत पानीको प्रयोग हुँदै आएको छ तर पनि न त मुहानको संरक्षण न त तालको संरक्षणमा कसैले पनि चासो देखाएका छन् ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७