सन्दिप लामिछाने गौशाला प्रहरी बृतमा {फोटो फिचर}


२० आश्विन २०७९, बिहीबार
Sandeep lamichhane 2
फाइल फोटो

काठमाडौं । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछानेलाई गौशला प्रहरी बृतमा लगिएको छ ।

बलात्कारको आरोपमा पक्राउ नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्ध अदालत खुलेपछि मात्रै म्याद थपको प्रक्रिया अगाडि बढ्ने भएको छ । दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।

Sandeep lamichhane 2 1

अदालत २४ गतेबाट खुल्नेछ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले भने, ‘अदालत खुलेपछि म्याद थप हुन्छ । तर दिनगन्ती आजैबाट हुन्छ । प्रहरीले सुक्ष्म रुपमा थप अनुसन्धान अगाडि बढाउँछ ।’ प्रहरी वृत्त गौशालामै राखेर सन्दीपविरुद्धको अनुसन्धान अगाडि बढनेछ ।

Sandeep lamichhane 3

कतार एवरवेजवाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आत्मसमपर्ण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो । प्रहरीका अनुसार जुन ठाउँमा उनीमाथि उजुरी परेको हो । सोही स्थानवाट कारवाही प्रक्रिया शुरु गरिने छ । पक्राउ परे लगत्तै उनीमाथि प्रहरी कारवाही शुरु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७