अमलेखगञ्ज बस दुर्घटना अपडेट : मृत्तक १४ पुगे, नौं पुरुष, पाँच महिला


२० आश्विन २०७९, बिहीबार
Accident02

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

Accident04

हेटौंडाबाट पथलैया आउँदै गरेको बा. प्र ०६००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले घाइतेहरुलाई थप उपचारको लागि हेटौँडा लगिएको बताए । उनले भने ‘घाइतेको उद्धारको कार्य जारी छ, उनीहरुलाई सिमर स्थित अल्पाइन र हेटौंडा अस्पतालमा अपचारका निम्ती पठाउने कार्य भइरहेको छ ।’ घटनाबारे थप विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७